एजेन्सी । खेलाडी सरुवा बजारमा लागेको प्रतिबन्धविरुद्व लण्डन क्लब चेल्सीले गरेको अपिल विश्व फुटबलको सर्वोच्व निकाय फिफाले अस्विकार गरेको छ ।
कम उमेरका खेलाडी अनुबन्धनमा फिफाको नियम उल्लंघन गरेको भन्दै प्रिमियर लिग क्लब चेल्सीलाई खेलाडी सरुवा बजारमा प्रतिबन्ध लागेको थियो ।
फिफाको पछिल्लो निर्णयले चेल्सीले आगामी दुई सरुवा बजारमा खेलाडीको व्यापार गर्न पाउने छैन ।
फिफाले बुधबार निर्णय गर्दै कारबाही जारी रहने जनाएको छ । फिफाको निर्णयविरुद्व चेल्सीले खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास)मा अन्तिम अपिल गर्न पाउनेछ ।
खेलाडी अनुबन्धनमा फिफाको निर्णय उल्लंघन गरेको भन्दै चेल्सीलाई कारबाही गरिएको थियो ।