काठमाडौं । नेपालको राष्ट्रिय महिला टिमका खेलाडीद्वय सावित्रा भण्डारी र अनिता बस्नेतले गोल गरेपछि भारतीय महिला लिग फुटबलमा सेथु फुटबल क्लबले सहज जित निकालेको छ ।
बुधबार बिहान भएको खेलमा सेथुले बेङ्गरुलु युनाईटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
दोस्रो खेलमा समेत पहिलो रोजाईको खेलाडीको रुपमा मौका पाएकी सावित्राले खेलको ११ औ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन् । खेलको ४१ औ मिनेटमा सन्ध्याले गोल गर्दै टोलीको अग्रता दोब्बर पारिन् ।
दोस्रो हाफमा सावित्राको स्थानमा मैदान छिरेकी अनिताले खेलको ७४ औ मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् ।
पहिलो खेलमा सावित्राले ह्याट्रिक सहित चार गोल गर्दै वुमन अफ दी म्याच घोषित भएकी थिईन् ।
सेथुले लिगको पहिलो लेगमा मनिपुर स्पोटर््स क्लबलाई ६–४ गोल अन्तरले हराएको थियो ।