एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेटमा फाईनल प्रवेशका लागि चेन्नेई सुपर किंग्सले मुम्बई ईन्डियन्सलाई १ सय ३२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
अम्बातु रायडुले ४२ र कप्तान महेन्द्र सिंह धोनीले नटआउट ३७ रन बनाएको ईनिङ्समा चेन्नेईले सामान्य लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रनमात्र बनाउन सक्यो ।
मुम्बईका राहुल चाचरले २ तथा कुर्नाल पाण्डेया र जयन्त यादवले समान एक विकेट लिए ।
दुवै टोली पहिलो क्वालिफायर खेलमा मैदान उत्रिएका हुन् ।
जित्ने टोलीले फाईनल यात्रा तय गर्नेछ ।
हार्ने टोलीले दोस्रो क्वालिफायर राउण्ड खेल्नेछ ।