सिन्धुपाल्चोक । विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै आयोजक युथ स्पोर्टस् क्लब नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।
सिन्धुपाल्चोक लामोसाघुस्थित बसन्तपुर मैदानमा भएको खेलमा आयोजक युथ स्पोर्टस्ले आर्मीलाई २ – १ गोल अन्तरले पराजित गर्याे ।
मंगलबार भएको अन्तिम क्वाटरफाइनल खेलमा आयोजकलाई जित दिलाउन सुग्रीत मगर र सुरेस खत्रीले एक एक गोल गरे । यस्तै आर्मीको लागि कप्तान राजिब गुरुङले एक गोल फर्काए ।
खेलको २२ औँ मिनेटमा आयोजकका सुग्रीत मगरले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
खेलको ५६ औ मिनेटमा कप्तान राजिब गुरुङले गोल गर्दै आर्मीलाई बारबरीमा ल्याए ।
खेलको ६० औ मिनेटमा सुरेस खत्रीले गोल गर्दै आयोजकको जित सुनिश्चित गरे ।
खेलको म्यान अफ दि म्याच आयोजक टिमका आशिष श्रेष्ठ घोषित भए । उनले ५ हजार नगद प्राप्त गरे ।
भोली (बुधबार) पहिलो सेमिफाइनल हुनेछ । विभागीय एपीएफले गोर्खा ब्वाइज क्लब रुपन्देहीको सामना गर्नेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले २ लाख ५० हजार प्राप्त गर्नेछ ।