एजेन्सी । उरुग्वेका डिफेन्डर डिएगो गोडिनले स्पेनिस क्लब एट्लेटिको मड्रिड छाड्ने भएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै गोडिनले चालु सिजनपछि क्लब छाड्ने घोषणा गरेका हुन् ।
३३ बर्षका डिफेन्डरले आँशु झादै ९ बर्षको बसाईपछि क्लब छाड्न लागेको बताएका थिए ।
गोडिन सन् २०१० मा भिल्ला रियलबाट एट्लेटिको बसाई सरेका थिए । उनले क्लबबाट ३ सय ८७ खेल खेलेका थिए । उनीले १८ बर्षको अन्तरमा पहिलो पटक लिग उपाधि जितेका थिए ।
ईन्टर मिलनले डिफेन्डरलाई फ्रि ट्रान्सफरबाट अनुबन्धन गर्न चासो राखेको छ ।
'एक खेल अगाडी म नर्भस भएको छु । तर सबैलाई यहाँ यसकारण निम्ता गरेको हुँ, क्लबमा मेरो यो अन्तिम दिन हो ।' पत्रकार सम्मेलनमा गोडिनले भने ।
गोडिनले एट्लेटिकोबाट दुई युरोपा लिग, कोपा डेल रे, स्पेनिस सुपर कप र तीन युइएफए सुपर कप जितेका थिए । र सन् २०१४ र २०१६ मा च्याम्पियन्स लिगको फाईनल समेत पुगेका थिए । दुवै पटक एट्लेटिको रियल मड्रिडको हातबाट पराजित भएको थियो ।
क्लबका अध्यक्ष एनरिक सेरेजोले भने, 'हामी सबै यहाँ छौ । कारण, एट्लेटिकोका लिजेण्डलाई हामी बिदाई गर्न गइरहेका छौ । क्लबको गौरबमय ईतिहासमा तिम्रो अहम भुमिका छ । तिम्रो कोशिश र गोलले क्लबले उपाधि जितेको छ ।'
म्यानचेष्टर युनाईटेडले गत बर्ष गोडिनलाई अनुबन्धन गर्न चासो देखाएको थियो । तर उनले क्लबमै एक बर्षको सम्झौता नविकरण गरेका थिए ।