एजेन्सी । स्पेनका विश्वकप विजेता गोलकिपर इकर कासिलास हस्पिटलबाट डिस्चार्ज भएका छन् । ह्दयघातका कारण अस्पतालमा भर्ना भएका कासिलास मंलबार डिस्चार्ज भएका हुन् । अस्पतालबाट बाहिर निस्किए लगत्तै उनले भविष्यको बिषयमा केही बताउन नसकिने बताए ।
३७ बर्षका रियल मड्रिडका लिजेण्ड गत बुधबार अभ्यासको दौरान ह्दयघातको सिकार भएका थिए ।
अस्पतालबाट बाहिर निस्किए लगत्तै उनले केही साता वा महिना आराम गर्ने बताएका छन ।
'यहाँ उपस्थित हुनु भनेको निकै महत्वपुर्ण बिषय हो ।' उनले भने ।
'केही समय अघि म निकै जटिल अवस्थाबाट गुज्रिए । जिन्दगीमा कहिले काही यसो हुन्छ । तर भाग्यवस म निको छु । मैले आफुलाई निकै भाग्यमानी महशुश गरिरहेको छु ।' उनले भने ।
उनले पोर्टो क्लबको मेडिकल टिमले चाँडैनै हस्पिटल पुर्याएका कारण थप समस्या हुन नपाएको बताए ।
१६ बर्षको उमेरमा व्यवसायीक फुटबल करियर सुरु गरेको कासिलासले स्पेनिस महारथी रियल मड्रिडको जर्सीमा ७ सय २५ खेल खेलेका छन् । उनले रियललाई तीन च्याम्पियन्स लिग र पाँच ला लिगा जिताउन महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।
स्पेनले दुई पटक युरोपियन च्याम्पियनसिप र विश्वकप जित्दा उनी टिमका महत्वपुर्ण हिस्सा थिए ।
उनी सन् २०१५ मा पोर्टोमा आबद्व भएका थिए । उनले गत सिजन पोर्चुगलको लिग जितेका थिए ।