काठमाडौं । विश्वकप छनोटको तयारी स्वरुप राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोटको तयारी स्वरुप खेलिने मैत्रिपुर्ण खेलका लागि ४२ जना खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको हाे ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको प्रशिक्षणमा पहिलो दिन ६ खेलाडी अनुपस्थित थिए । परिक्षा र पारिवारिक कारण सबै खेलाडी पहिलो दिन प्रशिक्षणमा सहभागि हुन नपाएको एन्फाले जनाएको छ ।
सुमन अर्याल, विकाश खवास परिक्षाको व्यस्त भएकाले पहिलो दिनको प्रशिक्षणमा सहभागि हुन पाएनन् ।
एन्फाले राष्ट्रिय फुटबल टिम सहित उमेर समुहमा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीलाई समेत प्रशिक्षणमा समावेश गरेको छ । उमेर समुहमा उत्कृष्ट प्रर्दशन गरेका नीतिन थापादेखि थ्री स्टार क्लबका युवा स्टार मिक्छेन तामाङ प्रशिक्षणमा अटाएका छन् ।
प्रशिक्षणमा सहभागि खेलाडीबाट अन्तिम २३ खेलाडीको छनोट गरिने एन्फाले जनाएको छ ।
मुख्य प्रशिक्षक योहान कालिन र सहायक प्रशिक्षक किरण श्रेष्ठ प्रशिक्षणमा सहभागि छन् ।
पहिलाे दिन खेलाडीकाे फिटनेस टेष्ट गरिएकाे छ ।
विश्वकप छनोटको तयारी स्वरुप नेपालले जुनको पहिलो साता केही अन्तराष्ट्रिय मैत्रिपुर्ण म्याच खेल्दैछ ।
एन्फा महासचिव ईन्द्रमान तुलाधरले विश्वकप छनोटको स्वरुप प्रशिक्षण सुर गरिएकाे खेलपाटीलाई बताए ।
‘विश्वकपको तयारी स्वरुप प्रशिक्षण सुरु भएको हाे । मैत्रिपुर्ण खेल समेत अगाडी रहेकाले प्रशिक्षणलाई अघि बढाएका हौ ।’ उनले भने ।
चाईनिज तापईपेईसंग मैत्रिपुर्ण म्याच
विश्वकप छनोटको तयारी स्वरुप नेपालले जुन ६ मा चाईनिज ताईपेईसंग मैत्रिपुर्ण म्याच खेल्न लागेको छ ।
सन् २०२२ मा हुने विश्वकप फुटबल छनोटको तयारी स्वरुप मैत्रिपुर्ण खेलको आयोजना गरिएको हो ।
नेपालले प्रतिस्पर्धा गर्न लागेको चाईनिज ताईपेई फिफा वरियताको १ सय २५ औ स्थानमा छ । नेपाल फिफा वरियताको १ सय ६१ औ स्थानमा छ ।
नेपालले फिफा वरियतामा आफु भन्दा ३६ स्थान माथि रहेको चाईनिज ताईपेईसंग खेल्ने पक्का भएको हो ।
एन्फाले अन्य देशसंग समेत मैत्रीपुर्ण म्याचको पहल गरिरहेको जनाएको छ ।