एजेन्सी । च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको दोस्रो लेगको खेलमा आज (मंगलबार) लिभरपुल र बार्सिलोना भिड्दैछन् । लिभरपुलले घरेलु मैदान एनफिल्डमा बार्सिलोनालाई आतिथ्यता प्रदान गर्दैछ ।
पहिलो लेगमा ३–० को जित निकालेको बार्सिलोना सहज अवस्थामा छ ।
यता, लिभरपुलका युवा स्ट्राईकर रियान ब्रेस्टरले च्याम्पियन्स लिगको दोस्रो सेमिफाईनल लेगमा खेल्न पाउनेछन् । दुई मुख्य स्ट्राईकर रोबर्टो फिर्मिन्हो र मोहमद सलाहा चोटका कारण मैदान उत्रिन नसक्ने बताएपछि प्रशिक्षक योर्गेन क्लोपले सो कुराको पुष्टि गरेका हुन् । दुई स्टार खेलाडी अनुपस्थित रहने भएपछि १९ बर्षका युवा फरवार्डको डेब्युमा लिभरपुल निर्भर रहनुपर्नेछ ।
उनी तयार छन् । ठुला अवसर छ । लगभग निश्चित छ, उनी मैदानमा देखिनेछन् । क्लोपले ब्रेस्टरको बिषयमा भनेका छन् ।
ब्रेस्टरको नाम मंगलबार हुने खेलको टोलीमा समावेश छ । उनले सन् २०१७ को अप्रिलमा क्रिस्टिल प्यालेसविरुद्वको खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदानमा देखिएका थिए । अब उनी च्याम्पियनस लिगमा समेत उत्रनेछन् ।
उनी पछिल्ला केही हप्ता निकै राम्रो लयमा छन् । अरु पनि केही राम्रा खेलाडी छन् । उनले थपे, यो निकै कठिन समय हो । हामी उनलाई टिममा स्थान दिन सक्छौ । र फरवार्डको रुपमा लैजान उनीसंग छौ ।
पहिलो लेगमा ३–० ले हारेपनि खेलमा फर्कने सम्भावना रहेको क्लोप बताउँछन् ।
हामी हार मान्ने कुराबाट टाढा छौ । उनले भने, अझै आश बाँकी छ ।
त्यहाँ अझै पनि अर्को चरणमा पुग्ने सम्भावना छ । हामी त्यसमा कोशिश गर्नेछौ ।
लियोनल मेस्सीको दुई तथा लुईस स्वारेजको एक गोलको सहयोगमा बार्सिलोनाले पहिलो लेगमा घरेलु मैदानमा प्रभावशाली जित निकालेको थियो ।
खेलमा फर्कन लिभरपुलले निर्धारित समयमा कम्तिमा ३–० को जित निकाल्न आवश्यक छ ।
लिभरपुल सेमिफाईनलको पहिलो लेग ३–० ले गुमाएर खेलमा फर्कने इतिहासको तेस्रो क्लब बन्ने लक्ष्यमा छ ।
१९७०–७१ म पानाथिनाइकोस र १९८५–८६ मा बार्सिलोनाले त्यो सफलता हासिल गरेका थिए ।
हाम्रा समर्थकसंग एउटा लामो सिजन थियो । र हामी यसलाई अझ लामो बनाउन चाहन्छौ । यदी नभएपनि अविश्वसनीय सिजनको अन्तिम दुई घरेलु खेल बाँकी छ । मलाई लाग्छ हामी मैदानमा राम्रो खेल्दै खुसी मनाउनेछौ । र राम्रो प्रर्दशन गर्नेछौ । यो वास्तवमा राम्रो हुनेछ ।