एजेन्सी । स्टिभ स्मिथ र डेभिड वार्नर १६ महिनापछि अस्ट्रेलियाको पहेलो जर्सीमा मैदान फर्किएका छन् । सोमबार बिहान न्युजिल्याण्ड ११ बिरुद्दको खेलमा मैदान फर्किएका दुवै खेलाडीले पहेलो जर्सी लगाएका थिए ।
दुई स्टार ब्याट्सम्यानले सन् २०१८ को जनवरी २८ मा इङ्ल्याण्डबिरुद्दको एक दिवसीय खेल अन्तिम पटक खेलेका थिए । नजिकिंदै गरेको विश्वकपको तयारीमा रहेका दुवै राष्ट्रले मैत्रीपुर्ण अभ्यास खेलमा ब्यस्त रहेका छन् ।
खेलमा वार्नरले ३९ तथा स्मिथले २२ रन बनाए । दुई खेलाडीलाई सन् २०१८ को मार्चमा दक्षिण अफ्रिकाबिरुद्दको खेलमा बल टेम्परिङ गरेको आरोपमा १२ महिनाको प्रतिबन्ध लगाइएको थियो ।
खेल अस्ट्रेलियाले १ विकेटले जित हात परेको छ ।