एजेन्सी । आयरल्याण्डबिरुद्दको एक दिवसीय खेलमा वेष्ट इण्डिजले ठुलो अन्तरको जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा आयरल्याण्डलाई वेष्ट इण्डिजले १ सय ९६ रनले पराजित गरेको हो ।
३ सय ८२ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ३४ ओभर ४ बलमा १ सय ८५ रनमा समेटियो । केभिन ओब्राईनले ६८ रनको अर्धशतकीय ईनिङ्स खेले । ग्यारी विल्सनले ३० तथा एण्डी बलब्रिनले २९ रन जोडे ।
वेष्ट इन्डिजका नर्सले ४ तथा शान्नोन ग्याब्रियलले ३ विकेट चट्काए ।
यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ३ विकेटको क्षतीमा ३ सय ८१ रन बनाएको थियो । ओपनिङ साझेदारीमा विश्व रेकर्ड बनाएका शाही होप र जोन कामबेलले पहिलो विकेटका लागि ३ सय ६५ रनको साझेदारी गर्दा वेष्ट इण्डिजले विशाल स्कोर खडा गरेको थियो ।
कामबेलले १ सय ७९ रनको शतकीय पाली खेल्दा होपले १ सय ७० रन बनाएका थिए ।
आयरल्याण्डका ब्यारी कार्थीले २ तथा मार्क अडिरले १ विकेट हात पारे ।
नजिकिंदै गरेको विश्वकपको तयारीमा रहेका वेष्ट इण्डिज र बंगलादेश हाल त्रिदिशीय सिरिज खेल्न आयरल्याण्डमा छन् ।
विश्वकप क्रिकेट मे ३० देखि इङ्ल्याण्डमा सुरु हुदैछ ।
याे पनि, ३ सय ६५ रन ! वेस्ट इन्डिजको विश्व कीर्तिमान !