एजेन्सी । रुसमा जारी फिफा विश्वकप फुटबलबाट अर्जेन्टिना बाहिरिएपछि भारतमा एक समर्थकले आत्महत्या गरेका छन् । वेष्ट बङ्गालस्थित माल्डा जिल्लाका एक २० बर्षीय फ्यानले आइतबार आत्महत्या गरेका हुन् ।
अर्जेन्टिना र मेस्सीका कट्टर समर्थक रहेका हाल्डेर नामका युवाले कोठामा झुन्डिएर आत्महत्या गरेको अन्तर्राष्ट्रिय समचार संस्थाहरुले जनाएको छ । रुस विश्वकपको प्रि-क्वाटरफाइनलमा अर्जेन्टिना फ्रान्ससंग ४ - ३ ले पराजित भएको थियो । अर्जेन्टिना फ्रान्ससंग फराकिलो हार बेहोरेपछि बिक्षिप्त बनेका उनले आत्महत्याको बाटो रोजेको बताइएको छ ।
कोठामा सुत्न गएका हाल्डेर बिहान समयमा नउठेपछि प्रहरीको रोहबरमा कोठा फोरेर हेर्दा झुण्डिएको अवस्थामा भेटिएका थिए ।