काठमाडौं । च्यासल युथ क्लबले दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको फाइनलमा च्यासलले सरस्वती युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
च्यासलको जितमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका म्याक्सवेल एलोन र जुनियरले गोल गरे ।
५५औं मिनेटमा म्याक्सवेलले हेडमार्फत गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाए । ७१ औं मिनेटमा जुनियरले गोल गर्दै च्यासललाई च्याम्पियन बनाए ।
उपाधि विजेता च्यासलले ६ लाख रुपैया पायो । उपविजेता सरस्वतीले ३ लाख रुपैया प्राप्त गर्यो ।