एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा शीर्ष स्थानको चेन्नेई सुपर किंग्सले पुछारको टोली किंग्स इलेभेन पञ्जाबसंग हार ब्यहोरेको छ ।
आईतबार भएको खेलमा पञ्जावले चेन्नेईलाई पराजित गरेको हो ।
१ सय ७१ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
केएल राहुलले ७१ रनको पाली खेल्दै पञ्जाबलाई सहज जित दिलाए । क्रिस गेलले २८ तथा निकोलाश पुरानले ३६ रन बनाए ।
यसअघि सुरुमा ब्याटिङ गरेको चेन्नेईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । ओपनर फाफ डु प्लेसिस शतक बनाउन ४ रनले चुके । उनले ५५ बलमा १० चौका र ४ छक्काको मदलते ९६ रन बनाए ।
सुरेश रैनाले ५३ रन बनाउदाँ कप्तान महेन्द्र सिंह धोनी १० रनमा अविजित रहे ।
अन्य व्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
पञ्जावका साम कुरानले ३ तथा मोहमद सामीले २ विकेट लिए ।