काठमाडौं । मनमोहन मेमोरियल अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा समुह चरणको खेल सकिएको छ । योसंगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।
आईतबार भएको खेलमा प्रदेश २ ले प्रदेश ५ लाई १६ रनले पराजित गरेसंगै सेमिफाईनल पुग्ने टोलीका टुङ्गो लागेको हो ।
जितसंगै प्रदेश २ समुह बीको बिजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ ।
१ सय १५ रनको लक्ष्य पछ्याएको प्रदेश ५ टोली २७ दशमलव ४ ओभरमा ९८ रनमा समेटियो ।
प्रदेश ५ का बिशाल बिक्रम केसीले सर्वाधिक २९ रन बनाए ।
सन्देश पाण्डे २२, अभिषेक गौतम १७ तथा सुशान्त थापाले १३ रन बनाए ।
प्रदेश २ का अरबाज अन्सारीले २ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले २७ ओभर ५ बलमा अलआउट हुदै १ सय १४ रन बनाएको थियो ।
खराब सुरुवात गरेको प्रदेश २ का लागि बिशाल पटेल र प्रशान्त सिंहले ८२ रनको साझेदारी गर्दै सम्मानजनक स्कोर खडा गरेका थिए । प्रशान्तले अविजित ४० रन बनाए भने बिशाल पटेलले ३९ रनको योगदान गरे ।
प्रदेश ५ का अभिषेक गौतमले ४ तथा बिशाल बिक्रम केसीले ३ विकेट हात परे ।
यस्तै समुह बीबाट प्रदेश १ समुह उपबिजेताको रहँदै सेमिफाइनल प्रवेश गरेको छ ।
दोस्रो खेलमा प्रदेश ३ लाई ८ विकेटले पराजित गर्दै प्रदेश ७ ले लगातार तेस्रो जित हात परेको हो ।
जितसंगै प्रदेश ७ समुह ए को शीर्ष स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको छ ।
१ सय ३२ रनको लक्ष्य प्रदेश ७ ले २६ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गर्यो । उसका लागि सुवास ऐर अविजित ६१ रनको अर्धशतकीय पाली खेले ।
यस्तै अरुण महराले ३६ रनको योगदान गरे । प्रदेश ३ का तिलक भण्डारी र दिपक बोहराले समान १\१ विकेट हात पारे ।
पहिले ब्याटिङ गरेको प्रदेश ३ टोली २७ ओभर ५ बलमा अलआउट हुदै १ सय ३१ रन जोडेको थियो ।
उसका लागि क्रिस कार्कीले ४६ रन बनाए ।
यस्तै सम्राट भुषालले २७ रन बनाए ।
प्रदेश ७ का लागि आशिष भट्ट र सन्देश भट्टले समान ३\३ विकेट हात पारे ।
भोली हुने पहिलो सेमिफाइनलमा प्रदेश ७ र प्रदेश १ भिड्नेछन् । दोस्रो सेमिफाइनलमा प्रदेश ३ र प्रदेश २ बीच प्रतिस्पर्धा हुनेछ ।