एजेन्सी । चेल्सीका डिफेन्डर ग्यारी काहिलले चेल्सील छाड्ने निर्णय गरेको छन् । मुख्य प्रशिक्षक माउरिजियो सर्रीको व्यवहारको कारण देखाउँदै काहिलले यसै सिजनबाट लण्डन क्लब छाड्ने निर्णय गरेका हुन् ।
उनले प्रशिक्षक सर्रीले सम्मानजनक व्यवहार नगरेको आरोप लगाएका छन् ।
काहिलको चेल्सीसंगको सम्झौता जुनमा सकिदैछ ।
चेल्सीका कप्तान समेत रहेका काहिलले सात बर्षको करियरमा दुई प्रिमियर लिग र एक च्याम्पियन्स लिगको उपाधि उचालेका थिए ।
सर्रीले स्टामफोर्ड ब्रिजको जिम्मेवारी लिएपछि उनले २१ मिनेट मात्र मैदानमा मौका पाएका छन् ।
’व्यक्तिगत रुपमा मेरा लागि निकै खतरनाक हो ।’ काहिलले भने, ‘चेल्सी छाडेपछि सबै कुरा बिर्सने छु । सिजनको अन्तिममा एफ ए कपको फाइनल मेरो लागि अन्तिम सम्झना हुनेछ ।’
‘मलाई धेरै गाह्रो भएको छ । मैले चेल्सीबाट निरन्तर ६ बर्षबाट खेल्दै आएको छु । सबै चिज चेल्सीबाट प्राप्त गरेको छु ।’ उनले भने, ‘त्यसैले मैदान बाहिर रहनु मैले नसोचेको कुरा हो ।’
‘हाम्रो क्लब कसरी चलेको छ भन्ने मलाई राम्रोसंग ज्ञान छ । मेरो खेलाडी र सहकर्मीसग निकै राम्रो सम्बन्ध छ । तर हालसम्म त्यसको कुनै फाइदा उठाएको छैन ।’ उनले थपे, ‘यदि खेलाडीको रुपमा तीन चार खेल गुमाउनु भएको छ भने त्यसको कारण बताउन आवश्यक छैन । तर ८, ९ खेलनै गुमाउनु भएको छ भने त्यसको जवाफ दिन आवश्यक छ ।’
‘मेरो मात्र हैन । मैले चेल्सीबाट उपाधि उचालेका खेलाडीको अवस्था पनि देखेको छु । यो सहि निर्णय हैन ।’ उनले भने, ‘यसले उनी माथि मलाई सम्मान गर्न निकै गाह्रो भएको छ । जसले क्लबबाट उपाधि उचालेका खेलाडीको सम्मान गरेनन् ।’
काहिलले चेल्सीका सबै प्रशिक्षकसंग विभिन्न रणनीति, संरचना र दर्शन अपनाएको र आउने प्रशिक्षकसंग पनि सिक्दै जाने बाचा गरे ।
‘अनुभब चाहे राम्रो होस वा खराब, सबै सिकाउने पाठ हुन् ।’ उनले भने ।
‘जसरी आफुलाई सम्हालिरहेको छु, त्यसमा गर्व गर्छु । यस्ता कुराले कुनै असर गरेको छैन । प्रति दिन कडा मेहनत गर्न प्रेरित गरेको छ ।’ काहिलले थपे ।