एजेन्सी । इटालियन महारथी युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डोले आफु विश्वको उत्कृष्ट फुटबलर भएकोमा घमण्ड रहेको बताएका छन् । प्रत्येक बर्ष आफु उत्कृष्ट खेलाडी भएको प्रमाणित गर्नु परेको दाबी गर्दै उनले सो कुरा बताएका हुन् ।
पोर्चुगलका स्टार रोनाल्डोले हालसम्म ५ पटक बालेन डि ओर र च्याम्पियन्स लिगको उपाधि उचालेका छन् ।
यस सिजन स्पेनको रियल मड्रिडबाट इटालीको युभेन्ट्स पुगेका रोनाल्डोले सिरि एको उपाधि समेत उचालेका छन् ।
३४ बर्षे रोनाल्डोले तीन फरक देशबाट लिग उपाधि उचालेका छन् ।
इटालीको क्लबबाट खेल्दै आएका रोनाल्डोले पहिलो सिजनमा २९ खेलमा २१ गोल गरेका छन् । सो गोलले उनलाई सर्वाधिक गोलकर्ताको रुपमा उभ्याउन चुनौतीपुर्ण छ ।
’मलाइ लाग्छ, आफु उत्कृष्ट खेलाडी भएको प्रमाण हरेक बर्ष दिनु परेको छ । म उत्कृष्ट खेलाडी हो भनेर म माथि केहि घमण्ड छ भनेर त्यसलाई नकार्न सक्दिन ।’ रोनाल्डोले भने, ‘यो निकै कठिन हुन्छ जब तपाईका आफन्त तथा शुभचिन्तकले तपाईलाई भोलीको खेल जिताउनु पर्छ भनेर भन्छन् ।’
’मलाइ लाग्छ उनीहरु मलाई रोबर्ट ठान्दैनन्न् । किनकि उनीहरुले मलाई एक व्यक्तिको रुपमा देखेका छन् । म खुसी भएको देखेका छन् । म निराश भएको देखेका छन् । तर मलाइ कुनै समस्य नपरेको जस्तो गरेका छन् ।’ उनले थपे ।
’मानिसहरु पैसा भए केहि समस्या नहुने सोच्छन् । जब तपाईसंग करोडौं पैसा छ भने तपाई कसरी निरास हुन सक्नु हुन्छ ? मान्छेले तपाईलाई कसरी सोच्छन् त्यो सोचाई तपाईसंग समेत हुँदैन ।’ उनले भने ।
’तर मलाई थाहा छ, केही समर्थक रोनाल्डोले पेनाल्टी प्रहार असफल गरेको वा महत्वपूर्ण खेल जिताउन विफल भएको हेर्न बन्दुक बोकेर बसेका छन् । तर यो जीवनको एक पाटो जस्तै हो, तपाई यसको लागि तयार भएर बस्नुपर्छ । मैले पनि बर्षौं देखि आफुलाई तयार गर्दै आएको छु ।’ उनले थपे ।
रोनाल्डोले आफ्नो खेल जीवनमा रमाइरहेको समेत दाबी गरेका छन् ।