एजेन्सी । पाकिस्तानका लिजेण्ड क्रिकेटर साहिद अफ्रिदीले आफ्नो बास्तबिक उमेर खुलासा गरेसंगै उनका विश्व कीर्तिमानहरु धरापमा परेको छ ।
हालसालै प्रकाशित ’गेम चेन्जर’ नामक आफ्नो आत्मकथामा अफ्रिदीले आफ्नो बास्तबिक उमेर हालको भन्दा पाँच बर्ष बढी रहेको खुलाएका छन् ।
अन्तराष्ट्रिय खेलमा डेब्यु गर्दा अफ्रिदी १६ बर्षका रहेको रेकर्ड छ । तर उनको डेब्युपछि धेरै क्रिकेट समर्थकले उनको उमेर सो भन्दा बढी भएको भन्दै आलोचना गरेका थिए ।
उनको खेलाडी जीवनमा समेत उमेरका कारण बिभिन्न आलोचना अघि आएका थिए ।
अफ्रिदीले सन्यास घोषणापछि सार्वजनीक गरेको आत्मकथामा जन्म सन् १९७५ मा भएको खुलाएका छन् ।
तर क्रिकेट रेकर्डमा भने उनको जन्म सन् १९८० मा भएको उल्लेख छ ।
सन् १९९६ मा एक दिवसीय खेलमा कम बलमा छिटो शतक प्रहार गर्दा उनी २१ बर्षको रहेको खुलेको छ । सुरुमा उनले १६ बर्षको उमेरमा सो सफलता हात पारेको मानिएको थियो । पाकिस्तानका लिजेण्ड मानिने अफ्रिदीले सन् १९९६ डेब्यु गर्दै एक दिवसीयमा मात्र ३७ बलमा शतक प्रहार गरेका थिए ।
सो रेकर्ड १७ बर्षसम्म कुनै खेलाडीले पनि भंग गर्न सकेका थिएनन् । हाल सो रेकर्डलाई दक्षिण अफ्रिकाका स्टार खेलाडी एबी डिभिलर्सले आफ्नो नाममा लेखाएका छन् ।
उनले वेष्ट इण्डिजबिरुद्द ३० बलमा शतक प्रहार गर्दै अफ्रिदीको रेकर्ड भंग गरेका थिए ।
अफ्रिदी आफैले आत्मकथामा आफ्नो उमेर खुलासा गर्दा धेरै रेकर्डमा बिबाद उठेको छ । अफ्रिदीले यु–१९ राष्ट्रिय टिमबाट खेल्दा १९ बर्षको रहेको खुलेको छ ।
अफ्रिदीले बिभिन्न पटक खेलबाट सन्यास घोसणा गर्दै पटक पटक खेलमा पुनरागमन गरेका थिए । त्यसमा मुख्य कारण उनको उमेर हुन सक्ने अनुमान लगाईएको छ ।
कम उमेरमा सन्यास लिएको भन्दै धेरै समर्थकले उनलाई रुचाएका थिएनन् ।
अफ्रिदीले सन् २०१६ को विश्व टी ट्वान्टी क्रिकेट खेल्दै सन्यास लिगेका थिए । सन्यासको समय ३६ बर्ष भनिएपनि अफ्रिदीको उमेर ४१ बर्ष रहेको खुलेको छ ।
पाकिस्तानका लागि ४ सय एक दिवसीय तथा ९९ टी ट्वान्टी खेल खेलेका उनले १० हजार रन तथा ५ सय विकेट हात पारेका थिए ।
एक दिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा शतक प्रहार गरेको रेकर्ड अफ्रिदीको नाममा छ तर उनको बास्तबिक उमेर हेर्दा सो रेकर्डको हकदार अफगानिस्तानका उस्मान घानीको नाममा हुनेछ ।
अब अफ्रिदीलाईनै सो रेकर्डको हकदार मानिन्छ वा घानीको नाम राखिन्छ, बिषय निकै रोचक बनेको छ ।