एजेन्सी । लिभरपुलका फरवार्ड रोबर्टो फिमिन्होले च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाविरुद्वको सेमिफाईनलको दोस्रो लेगको खेल गुमाउने भएका छन् । मांसपेशीको चोटका कारण उनी प्रिमियर लिगको अन्तिम खेलमा उल्भ्सविरुद्व समेत उत्रनेमा आशंका छ ।
च्याम्पियन्स लिगको सेमिफाईनलको पहिलो लेगमा फिर्मिन्हो बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका थिए । सो खेल लिभरपुलले ३–० ले गुमाएको थियो ।
तर चोटका कारण फिर्मिन्हो प्रिमियर लिगमा शनिबार न्युक्यासल युनाईटेडविरुद्वको खेलमा पनि टिममा अटाएनन्।
लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले फिर्मिन्होले सिजनका बाँकी सबै खेल गुमाउन सक्ने बताएका छन् ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमै यसै साता च्याम्पियन्स लिगको सेमिफाईनलको दोस्रो लेगको खेल हुदैछ ।
‘उनी मंगलबारका लागि तयार छैनन । बाँकी हामी हेर्नेछौ ।’ प्रिमियर लिगको शीर्ष स्थानमा पुग्ने बित्तिकै लिभरपुल प्रशिक्षक क्लोपले भने ।
फिर्मिन्हो अनुपस्थित रहेको खेलमा लिभरपुलका मुख्य फरवार्ड मोहमद सालाहले चोट बोक्दै मैदान छाडेका थिए ।
सालाहले बाँकी खेल ड्रेसिङ रुपमा बसेर हेरेका थिए । मंगलबार हुने खेलमा सालाहको उपस्थितीलाई लिएर समेत आशंका उब्जिएको छ ।
२७ बर्षका फरवार्डले यस सिजन सबै प्रतियोगितामा १६ गोल गरेका छन् । त्यसमा च्याम्पियन्स लिगका ४ गोल समावेश छन् ।
लिभपुललाई च्याम्पियन्स लिगमा फर्कन दोस्रो लेगमा निर्धारित समयमा कम्तिमा ३–० को जित निकाल्न आवश्यक छ । बार्सिलोनाले गोल गरेको अवस्थामा थप ४ गोल गर्नुपर्ने चुनौती लिभरपुललाई छ ।
शनिबार राति भएको खेलमा जित निकाल्दै लिभरपुलले प्रिमियर लिगको उपाधि छिनोफानो अन्तिम खेलसम्म पु¥याएको छ ।