एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज (आईतबार) लिग चरणका अन्तिम दुई खेल हुदैछन् । पहिलो खेलमा किंग्स इलेभन पञ्जाव र चेन्नेई सुपर किंग्स र दोस्रो खेलमा मुम्बई ईन्डियन्स र कोलकत्ता नाईट राइडर्सबीच प्रतिस्पर्धा हुदैछ ।
पहिलो खेलमा मैदान उत्रदै गर्दै चेन्नेईको नजर शीर्ष स्थानमा रहदै लिग चरणको खेल अन्त्य गर्नु हुनेछ ।
शनिबार भएको खेलमा दिल्ली घरेलु मैदानमा राजस्थान रोयल्ससंग पराजित भएपछि चेन्नेई शीर्ष दुई भित्र पर्ने निश्चित भएको छ । सोही कारण पञ्जावविरुद्व खेल चेन्नेईका लागि पहिलो क्वालिफायरको तयारी समेत हुनेछ । शीर्ष स्थानको चेन्नेईको १८ अंक छ । पुछारको पञ्जावको १० अंक छ ।
अर्को खेलमा प्लेअफको लक्ष्य सहित कोलकत्ताले मुम्बईसंग प्रतिस्पर्धा गर्नेछ । शनिबारको खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरसंग सनराइजर्स हैदरावादले पराजय ब्यहोरेपछि कोलकत्ताको प्लेअफको सम्भावना ब्युँतिएको हो । मुम्बईविरुद्व जित निकालेमा कोलकत्ता प्लेअफ पुग्ने अन्तिम टोली बन्नेछ ।
तर यसअघिनै प्लेअफमा पुगिसकेको मुम्बई लिग चरणको अन्तिम खेलमा जित निकाल्दै शीर्ष दुई भित्र अटाउने लक्ष्यमा हुनेछ । पहिलो क्वालिफायर खेल्ने लक्ष्य राखेको मुम्बई समेत कोलकत्तालाई हराउने पार्ने लक्ष्यमा हुनेछ ।
मुम्बईको जितले पाँचौ स्थानमा रहेको हैदरावादको प्लेअफ पुग्ने गणीतिय सम्भावनालाई बल प्रदान गर्नेछ ।
तेस्रो स्थानको मुम्बईको १६ अंक छ । चौथो स्थानको हैदरावाद र पाँचौ स्थानको कोलकत्ताको समान १२ अंक छ ।