एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोयल च्यालेन्जर्स बैङ्गलोरले सनराइजर्स हैदरावादलाई ४ विकेटले पराजित भएको छ । शनिबार राति भएको खेलमा बैङ्गलोरसंग पराजित भएसंगै हैदरावादको प्लेअफमा छनोट हुने सम्भावना कठिन बनेको छ ।
आईतबार हुने खेलमा कोलकत्ताले जित हासिल गरेमा हैदरावाद प्रतियोगिताबाट बाहिरिने पक्का छ ।
१ सय ७६ रनको लक्ष्य बैङ्गलोरले ४ बल बाँकी छदाँ ६ विकेट गुमाएर पुरा गर्यो ।
सिमरोन हेटिमरले सर्वाधिक ७५ रन बनाएको इनिङ्समा गुरकीरत सिंहले ६५ रनको योगदान गरे । विराट कोहली १६ रनमा आउट भएको खेलमा अन्यले दोहारो अंकको स्कोर छुन सकेनन् ।
हैदरावादका खलिल अहमदले सर्वाधिक ३ विकेट लिए ।
यसअघि बैङ्गलोरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको हैदरावादले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो ।
केन विलियम्सले विस्फोटक ब्याटिङ गर्दै हैदरावादको पाली उकासेका थिए । उनले ४३ बलमा ५ चौथा र ४ छक्काको मदतले ७० रन बनाएका थिए । मार्टिन गुप्टिलले ३० तथा विजय संकरले २७ रन बनाए ।
बैंगलोरका बासिङ्टोन सुन्दरले सर्वाधिक ३ विकेट लिए ।
प्लेअफमा छनोट हुने एक टिमको टुङ्गो लाग्न बाँकी छ । हैदरावादको १४ खेलबाट १२ अंक छ । समान अंक भएपनि कोलकत्ताले एक खेल कम खेलेको छ ।