एजेन्सी । लिग च्याम्पियन बार्सिलोना ला लिगा फुटबलको पछिल्लो खेलमा सेल्टा भिगोसंग पराजित भएको छ ।
शनिबार राति भएको खेलम सेल्टा भिगोले घरेलु मैदानमा बार्सिलोनालाई २–० गोल अन्तरले हराएको हो ।
म्याक्सी गोमेजले ६७ औ मिनेटमा घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । इगो एस्पासले ८८ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
बार्सिलोनाले मुख्य खेलाडी लियोनल मेस्सी, जेरार्ड पिके र लुइस स्वारेजलाई आराम दिएको थियो ।
बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको दोस्रो लेगको खेलमा आगामी मंगलबार एनफिल्डमा प्रतिस्पर्धा गर्दैछ ।
बार्सा प्रशिक्षक इर्नेस्टो भाल्भार्डेले इभान राकिटिक, सेर्जियो बुस्केट र जोर्डी अल्बालाई समेत आराम दिएका थिए ।
पछिल्लो जितले रेलिगेशन जोनबाट सेल्टा भिगोले ५ अंकको अग्रता कायम गरेको छ ।
शीर्ष स्थानको बार्सिलोनाको ३६ खेलबाट ८३ अंक छ । सेल्टा भिगो ४० अंक सहित तालिकाको १४ औ स्थानमा छ ।