एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि सहज जित हात पारेको छ ।
शनिबार भएको खेलमा दिल्लीले घरेलु मैदानमा राजस्थानलाई ५ विकेटले हराएको हो ।
१ सय १६ रनको सामान्य लक्ष्य दिल्लीले २३ बल अगावै ५ विकेट गुमाएर पुरा ग¥यो ।
दिल्लीका लागि ऋषभ पन्तले नटआउट ५३ रन बनाए । कप्तान श्रेयस लेयर १५ रनमा आउट भएको खेलमा शिखर धवनले १६ रन बनाए ।
राजस्थानका इन्दरविर सिंह सोधीले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो ।
राजस्थानका लागि रियाल परागले अर्धशतकिय ईनिङ्स खेल्नु बाहके अन्य कुनै खेलाडीले चल्न सकेनन् । उसका ६ ब्याट्सम्यानका दोहोरो अंकको स्कोर छुन सकेनन् ।
राजस्थानलाई सस्तैमा समेट्न इशान्त शर्मा र अमित मिश्राले समान ३÷३ विकेट लिए । ट्रेन्ट बोल्टको नाममा दुई विकेट रह्यो ।
दोस्रो स्थानको दिल्लीले १४ खेलबाट १८ अंक जोड्यो । दिल्लीको शीर्ष दुईको सम्भावना भोली हुने मुम्बईको खेलले निर्धारण गर्नेछ ।
मुम्बई १६ अंक सहित तेस्रो स्थानमा छ । राजस्थान प्रतियोगिताबाट बाहिरिसकेको छ ।