नुवाकोट । नुवाकोटको बट्टारमा जारी विदुरमा जारी विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटलव प्रतियोगिता आयोजक टोली फाइनल प्रवेश गरेको छ ।
खेलको सुरुवातमै १० खेलाडीमा सिमिति विदुर नगरपालिकाले मेलम्ची नगरपालिकालाई ३–१ गोल अन्तरले हराएको हो ।
निकै प्रतिस्पर्धात्मक खेलका विदुरका विकास तामाङले २ गोल गरे । आशिष लामाले एक गोल प्रहार गरे ।
मेलम्ची नगरपालिकाका युवराज ढकालले सात्वना गोल गरे ।
खेलेको म्यान अफ दी म्याच विदुरको लागि दुई गोल गरेका विकास थापामगर घोषित भए ।
आयोजक टिमले उपाधिका लागि काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका र कास्कीको पोखरा महानगरपालिकाबीचको विजेतासँग खेल्नेछ ।