एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा राजस्थान रोयल्सविरुद्वको खेलमा दिल्ली क्यापिटल्सले नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बेन्चमा राखेको छ ।
अघिल्लो खेलमा चेन्नेईविरुद्वको खेलमा समेत प्लेईङ सेटमा नराखेको दिल्लीले राजस्थानविरुद्वको खेलमा समेत बेन्चमा राखेको छ । सन्दीपले यस सिजन ६ खेलमा ८ विकेट हात पारिसकेका छन् ।
शीर्ष दुईमा पर्ने लक्ष्य सहित दिल्ली घरेलु मैदानमा हैदरावादविरुद्व प्रतिस्पर्धामा उत्रिएको छ ।
घरेलु मैदानमा खेल्दा कुनैपनि टोलीलाई फाईदा हुने गर्छ । सबै कुरा आफु अनुकुल बन्दा विपक्षीलाई दबाबमा राख्न सकिने विश्वास गर्न सकिन्छ । तर दिल्लीले घरेलु मैदानमा खेलिएका ६९ खेलमा मात्र ३० खेलमा जितेको छ ।
तर पछिल्लो समय दिल्लीको रेकर्ड सुधार उन्मुख छ । उसले यस सिजन ६ खेलमा तीन खेल भने जितेको छ । सन् २०१२ पछि पहिलो पटक प्लेअफमा छानिएको दिल्ली अब शीर्ष दुईमा छनोट हुदै फाईनलमा स्थान बनाउने दाउमा छ ।
प्रतियोगिताबाट बाहिरिसकेको राजस्थान आजको खेलबा सुखद अन्त्य गर्न चाहन्छ । दिल्ली १६ अंक सहित तेस्रो स्थानमा रहदाँ छैटौ स्थानको राजस्थानको ११ अंक छ ।