एजेन्सी । पुर्ब पाकिस्तानी कप्तान साहिद अफ्रिदीले पुर्व भारतीय क्रिकेटर गौतम गम्भिरलाई नकारात्मक खेलाडी रहेको बताएका छन् । अफ्रिदीले आफ्नो आत्मकथा ’गेम चेन्जर’ मा आफुले संगै खेलेको थुप्रै खेलाडी मध्य गम्भीर नकारात्मक खेलाडीको शीर्ष स्थानमा रहेको उल्लेख गरेका छन् ।
अफ्रिदी र गम्भीरबीचको व्यक्तिगत सम्बन्ध खराब थियो । अफ्रिदीले गेम चेन्जरमा गम्भीरलाई व्यक्तित्व नभएको तथा खराब दृष्टिकोणले भरिएको खेलाडीको रुपमा व्याख्या गरेका छन् ।
सन् २००७ मा कानपुरमा भएको भारत र पाकिस्तानबीचको एक दिवसीय खेलमा दुई खेलाडीबीच मैदान भित्र ठुलो घम्साघम्सी परेको थियो ।
सो घटनामा अफ्रिदीलाई ९५ र गम्भीरलाई ६५ प्रतिशत म्याच फिस जरिवाना गरिएको थियो ।
सो घटना सम्झिदै अफ्रिदी लेख्छन्, ‘सन् २००७ को एसिया कप म अझै सम्झन्छु । गम्भीरले सिधै म संग ठोक्किदै दौडिएर एक रन पुरा गरेका थिए । त्यो बेला रेफ्रीले घटना रोक्नुपर्ने थियो । हामीले महिला आफन्तका बिषयमा मुख छाडेका थियौ ।’
केहि समय पहिले एक टिभीको कार्यक्रममा गम्भीरले अफ्रिदीलाई बच्चाको दिमाग भएको ब्यक्त भनेर आलोचना समेत गरेका थिए ।
’केही रिस व्यक्तिगत थिए, केही ब्यावासायिक । उनी खराब दृष्टिकोण भएका खेलाडी थिए । व्यक्तित्व समेत नकारात्मक थियो । उनीसंग उत्कृष्ट रेकर्ड भन्दा पनि खराब दृष्टिकोण धेरै छ ।’ आफ्नो आत्मकथामा अफ्रिदीले लेखेका छन् ।