एजेन्सी । म्यानचेस्टर युनाइटेडका पुर्व प्रशिक्षक जोसे माउन्हिोले लियोनल मेस्सीलाई ‘फुटबलका देवता’ को उपनाम दिएका छन् ।
च्याम्पियन्स लिगमा लिभरपुलविरुद्व उत्कृष्ट प्रर्दशन गरेका मेस्सीलाई क्लब फुटबलका सफल प्रशिक्षक माउन्हिाले ‘फुटबलका देवता’ को रुपमा व्याख्या गरेका हुन् ।
माउरिन्हाले आफुलाई ‘स्पेशल वान’ बताउने गरेका थिए । उनले समकालिन फुटबलमा सो उपमाको हकदार मेस्सी भएको बताएका हुन् ।
च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलविरुद्ध ३–० को जितमा मेस्सीको प्रर्दशन अविश्वसनीय रहेको माउरिन्होले बताए ।
‘लिभरपुल बलियो टिम थियो ।’ उनले भने, ‘गत २० वर्षको च्याम्पियन्स लिगमा धेरै टिमले बार्सिलोनालाई हराएका थिए ।’
‘फुटबलका देवताले यसलाई पूर्ण रुपमा परिवर्तन गरे । बार्सासँग राम्रो टिम छ, अदभुत खेलाडी छन् । सबै खेलाडी अविश्वसनीय छन् ।’
क्लब फुटबलका सफल प्रशिक्षक माउरिन्होले मेस्सीको बिषयमा सधै तटस्थ बस्दै आएका थिए । उनकै मेस्सीको खासै खुलेर प्रसंशा गरेका थिएनन् ।
उनीले स्पेनिस लिगमा रियल मड्रिडमा समेत बसेका काम गरेका थिए । त्यो समय समेत मेस्सी बार्सिलोनाका मुख्य खेलाडी थिए ।