एजेन्सी । एभर्टनले युरोपा लिग छनोटको सम्भावनालाई जिवितै राखेको छ । प्रिमियर लिगका शुक्रबार राति भएको खेलमा वर्नलीलाई पराजित गर्दै एभर्टनले छनोटको गणितिय सम्भावनालाई कायमै राखेको हो ।
एभर्टन सातौ स्थानको उल्भ्स भन्दा एक अंकले पछाडी छ ।
१७ औ मिनेटमा रिचारलिसनले २५ यार्ड टाढाबाट हानेको प्रहार वर्नलीका वेन मिलाई लागेर पोस्ट छिरेको थियो ।
त्यसको तीन मिनेट पछाडी सिमस कोलम्यानले हेड गोल गर्दै एभर्टनलाई घरेलु मैदानमा २–० को अग्रता दिलाएका थिए ।
थप गोल हुन नसकेपछि एभर्टनले पछिल्ला ७ मध्य ५ खेलमा जित निकाल्न सफल रह्यो ।
वर्नलीले अर्को सिजन प्रिमियर लिगमा रहने पक्का गरिसकेको छ । आगामी शनिबार उल्भ्सले फुलहमलाई पराजित गरेमा एभर्टनको भने युरोपा लिग खेल्ने सम्भावना सकिनेछ ।