एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किंग्स ईलेभेन पञ्जाबले कोलकत्ता नाईट राईडर्सलाई १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कोलकत्ताले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको पञ्जावले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनायो ।
पञ्जावका लागि साम कुरानले अविजित ५५ रन बनाए । निकोलस पोरानले ४८ रन बनाएको ईनिङ्समा मायाङ्का अग्रवालले ३६ रन बनाए ।
कोलकत्ताका सन्दीप वारियरले सर्वाधिक २ विकेट लिए ।
प्ले अफ पुग्न दुवैको लागि यस खेल निकै महत्वपूर्ण रहेको छ । प्ले अफमा स्थान बनाउन दुवैलाई जित बाहेक अन्य विकल्प छैन । त्यसैले दुवै टोलीको लक्ष्य जित निकाल्नु मात्र रहेको छ ।
घरेलु टोली पन्जाब १२ खेलबाट १० अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । कोलकत्तालाई पराजित गर्दै पन्जाब चौंथो स्थानको हैदरावादसंग अंक बराबरी गर्न चाहन्छ । चौंथो स्थानको हैदरावादले १३ खेलबाट १२ अंक जोडेको छ ।
यता, छैटौं स्थानको कोलकत्ता पनि पन्जाबलाई हराएर प्ले अफ सम्भावना कायम राख्न चाहन्छ । कोलकत्ताको पनि १२ खेलबाट १० अंक रहेको छ।