काठमाडौं । सुर्खेतमा जारी वाइवाइ कर्णाली प्रिमियर लिग क्रिकेटमा एपीएफविरुद्व एक विकेटको रोमाञ्चक जित निकाल्दै आर्मी फाईनलमा प्रवेश गरेको छ ।
आर्मीले उपाधिका लागि बुटवलको न्यु होराइजन क्रिकेट क्लबसंग प्रतिस्पर्धा गर्ने भएको छ ।
दिनको दोस्रो खेलमा आर्मीले एपीएफलाई १ विकेटले पराजित ग¥यो ।
टस जितेर ब्याटिंङ गरेको एपीएफले १८ ओभरमा सबै विकेट गुमाएर ८६ रन मात्रै बनाएको थियो ।
एपीएफको लागि शरद भेसावकरले सर्वाधिक ३० रन बनाएका थिए । भुवन कार्कीले १९, पुरन बिकले १३, शंकर रानाले १२ रन बनाएका थिए । आर्मी बलर सोमपाल कामीले ३ , सुसन भारीले २ तथा जितेन्द्र मुखिया र साहब आलमले १÷१ विकेट लिएका थिए।
८७ रनको लक्ष्य पछ्याउने क्रममा आर्मीले १७ दशमलव ४ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । आर्मीको लागि सोमपाल कामीले सर्वाधिक ३१ तथा जितेन्द्र मुखिया र रोहित पौडेलले समान १२ रन योगदान दिए ।
एपीएफका कमल सिंह ऐरी र यज्ञमान कुमालले २/२ विकेट तथा अमर सिंह रौटेला, भुवन कार्की र शरद भेसावकरले १/१ विकेट लिए ।
खेलको प्लेयर अफ द म्याच सोमपाल कामि चुनिए ।
कर्णाली क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उपबिजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।