काठमाडौं । च्यासल युथ क्लब राजधानीमा जारी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ । विभागीय टिम एपीएफलाई हराउँदै ए डिभिजन क्लब च्यासल प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा शुक्रबार भएको खेलमा च्यासलले एपीएफ माथि २–१ को जित निकाल्यो ।
च्यासलले उपाधिका लागि सरस्वती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
जावलाखेल युथ क्लबलाई हराउँदै सरस्वती प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।
च्यासललाई फाइनलमा पु¥याउन विदेशी खेलाडी अर्मान्डले दुवै गोल गरे । एपीएफका प्रदीप लामाले एक गोल फर्काए ।
च्यासलका छिरिङ गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ पाए ।
प्रतियोगिताको फाइनल खेल आइतबार ३ बजेपछि हुनेछ ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।