एजेन्सी । पोर्चुगल क्लब पोर्टाेका गोलकिपर इकर कासिलासले अब फुटबल खेल्न नसक्ने बताइएकाे छ । ह्दयघातका कारण अस्पतालमा भर्ना भएका कासिलासको उपचारमा संलग्न चिकित्सकले कासिलासले फुटबल खेल्न नसक्ने बताएका हुन् ।
बुधबार पोर्टाेमा अभ्यासका क्रममा हृदयघात भएपछि उनलाई अस्पताल पुर्याइएको थियो । शल्यक्रियापछि कार्डियोलोजीले कासिलास पुन फुटबलमा फर्कन नसक्ने बताएका हुन् ।
विश्वकप फुटबलका बिजेता तथा स्पेनिस टिमका गोलकिपर कासिलासले शल्यक्रिया पछि बेडबाटै मुस्कान सहितको तस्विर सार्वजनीक गरेका थिए ।
उनले आफ्ना समर्थकलाई ‘कासिलास अब स्वस्थ भएको छ । कासिलासको समस्या समाधान भएको छ ।’ भन्दै ट्वीट गरेका थिए ।
उनका एजेन्ट कार्लाेस कुट्रोपियाले घटनाभन्दा पहिला कासिलासमा कुनै समस्या नभएको बताएका थिए ।
बुधबार मध्यान्नबाट कासिलासले छाती, मुख र हात दुखेको बताएका थिए ।
कार्डियोलोजिस्ट जुवान एन्टोनियो कोर्वालेनले कार्लाेस पूर्ण रुपमा स्वस्थ भएपनि फुटबल खेल्न नसक्ने बताएका हुन् ।
‘तिमी अब फुटबल खेल्न सक्दैनौ, विशेषगरी गोलकिपर ।’ उनले भनेका छन्, ‘कासिलासले आफ्नो सामान्य जीवन बिताउन सक्नेछन् तर उनी फुटबल खेल्न सक्षम हुने छैनन् ।’