एजेन्सी । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)बाट थुप्रै खेलाडीले आफ्नो खेल जीवनमा फड्को मारेका छन् । भारतका मात्र नभएर बिभिन्न देशका खेलाडीले आइपीएल मार्फत आफ्नो खेल जीवनमा सफलताको सिढी चढेका छन् ।
आईपीएलमा हालसम्म बिभिन्न ८ फ्रेन्चाइज टोलीले सहभागिता जनाउदै आएका छन् ।
र, खेलाडीले बिभिन्न टिममा रहदै आफुलाई प्रमाणित गरिसकेका छन् ।
हुन त आइपीएलले हरेक संस्करणमा एक उदाउँदो खेलाडी घोषणा गर्दै आएको छ । हालसम्म १० खेलाडीले सो उपाधि हात पारेका छन् ।
केही खेलाडी यस्ता समेत छन्, जसले आइपीएलको अवार्ड पाएनन् । तर आइपीएल खेलेर खेल जीवनमा ठुलो फड्को मारे ।
१. शेन वाट्सन
सन् २००८ अर्थात पहिलो संस्करणको आईपीएल राजस्थान रोयल्सबाट खेलेका वाट्सनले अल राउण्ड प्रदर्शन गर्दै ४ अर्धशतकको मद्दतले राजस्थानलाई सेमिफाइनलमा पु¥याएका थिए । १७ विकेट हात पार्ने क्रममा उनी ४ पटक म्यान अफ द म्याच घोषित भए ।
सोही प्रदर्शनको आधारमा वाट्सनलाई अस्ट्रेलियाले म्याथियु ह्यडेनको स्थानमा वेष्ट इण्डिजबिरुद्दको एक दिवसीय खेलमा समावेश गरेको थियो । उनी अस्ट्रेलियाका लागि टी ट्वान्टी खेलमा शतक प्रहार गर्ने पहिलो खेलाडी हुन् ।
पहिलो आईपीएल पछिनै वाट्सनले नियमित अस्ट्रेलियाका लागि अन्तराष्ट्रिय खेल खेल्ने अवसर प्राए । वाटसनले एक दिवसीय खेलमा ९ शतक सहित ५५ सय रन बनाएका थिए । उनले एक दिवसीय खेलमा १ सय ६८ विकेट हात परेका छन् । उनी अस्ट्रेलिया टिमका उत्कृष्ट अल राउण्डर हुन् ।
२. सुनिल नारायण
सन् २०११ मा टी–ट्वान्टी खेलमा डेब्यु गरेका नारायणले छोटो समयमा वेष्ट इण्डिजका सर्वाधिक विकेट लिने खेलाडीको रुपमा आफुलाई स्थापित गरे ।
सन् २०१२ को आईपीएलमा कोलकत्ता नाइट राइडर्सबाट खेलेका उनले हालसम्म सोही क्लबमा छन् ।
उनी कलकत्ताका महत्वपुर्ण खेलाडीका रुपमा स्थापित छन् । सुरुवातमा बलिङमा निकै प्रभाब जमाएका उनी पछिल्लो समय ब्याटिङमा निकै आक्रामक देखिन थालेका छन् ।
वेष्ट इण्डिजका लागि उनले हालसम्म १ सय ८ खेलमा १ सय २२ विकेट हात परेका छन् भने ७ सय ७१ रनको योगदान गरेका छन् । उनले आईपीएलमा गरेको प्रदर्शनलाई आफ्नो राष्ट्रमा समेत दोह¥याएका छन् ।
नारायणले मात्र ६५ एक दिवसीय खेलमा ९२ विकेट हात पारेका छन् । यद्दपी उनी हाल वेष्ट इन्डिजका नियमित खेलाडी भने होइनन् ।
३. किरन पोलार्ड
हार्ड हिटरको उपनाम पाएका वेष्ट इण्डिजका खेलाडी पोलार्डले सन् २००९ को च्याम्पियन्स ट्रफीमा निकै उत्कृष्ट प्रदर्शन गरे । त्यसपछि उनलाई सन् २०१० को आईपीएल अक्सनमा उनीमाथि चर्को बोली लाग्यो ।
सबै संस्करणको आईपीएल खेलेका उनीले हालसम्म १ सय ४४ खेल खेलेका छन् ।
अलराउण्डरको छबी बनाएका उनी एक्लै खेल जिताउने क्षमता राख्छन् । ब्याटिङतर्फ उनले १ सय ३३ इनिङसमा २ हजार ७ सय ५ रन पुरा गरेका छन् । मुम्बई इण्डियन्सलाई मुस्किल अवस्थाबाट उकास्न पोलार्डले धेरै महत्वपुर्ण इनिङ्स खेलेका छन् ।
आईपीएलको प्रदर्शनबाट पोलार्डलाई सन् २०१० को विश्व टी ट्वान्टी क्रिकेटका लागि वेष्ट इण्डिजले आफ्नो टोलीमा समाबेस गरेको थियो । पोलार्डलाई टी ट्वान्टी क्रिकेटको ग्लोबल आइकनको रुपमा हेरिने गरिन्छ । विश्वका सय बढी एक दिवसीय खेल खेलेर पनि टेस्ट क्रिकेट नखेल्ने मध्य पोलार्ड समेत एक खेलाडी हुन् ।