काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर अनिता बस्नेत भारतीय क्लब सेथुसंग औपचारिक रुपमा अनुबन्धित भएकी छिन् ।
तमिलनाडुको क्लब सेथुले यसै साता सुरु हुने ‘हिरो भारतीय महिला लिग’ का लागि दोस्रो नेपाली खेलाडीको रुपमा अनिता बस्नेतलाई अनुबन्ध गरेको जनाएको छ । क्लबले शुक्रबार फेसबुकमार्फत अनितालाई सार्वजनीक गर्दै उनलाई औपचारिक रुपमा अनुबन्धन गरेको जनाएको छ ।
क्लबले हिजो सावित्रा भण्डारीलाई औपचारिक अनुबन्धन गरेको जनाएको थियो ।
सेथुले प्राविधिक र शारिरिक रुपमा उत्कृष्ट मिडफिल्डरलाई क्लबमा अनुबन्धन गरेकाे जनाएकाे छ ।
क्लबले अनिता बस्नेतलाई ट्रेडमार्क १० नम्बरको जर्सी दिएको छ ।
अनिताले राष्ट्रिय टिम र घरेलु लिगमा ११ नम्बरको जर्सी लगाउने गरेकी थिईन् ।
९ नम्बरको जर्सी भने सावित्राले लगाउने छिन् ।
भारतीय लिगका लागि अनिता र सावित्रा गत सोमबार भारत गएका हुन् ।
हिरो भारतीय महिला लिग मे ५ बाट २२ सम्म पन्जाबमा हुनेछ । लिगका सम्पुर्ण खेल लुधिआनास्थित गुरु नायक मैदानमा हुनेछ । लिगमा १४ टोलीले प्रतिस्पर्धा गर्ने छन् । सहभागि टोलीलाई दुई समूहमा बिभाजन गरिएको छ ।
लिगमा सावित्रा र अनिताको टिम सेथु समूह ‘बी’मा रहेको छ ।
प्रतियोगिताको पहिलो खेलमा सेथुले मनिपुर पुलिस स्पोर्टस् क्लबसँग मे ६ मा खेल्नेछ ।
दुवै समूहका विजेता र उपविजेता टिम सेमिफाइलनमा पुग्ने छन् ।
सेथु क्लबले लिगलाई केन्द्रमा राखेर भारतीय राष्ट्रिय टिमका चर्चित खेलाडी टिममा समावेश गरेको छ । उसले विराटनगरमा भएको साफ च्याम्पियन जिताउन महत्वपुर्ण भुमिका निर्वाह गरेकी कप्तान असलता देबी लगायत अन्य खेलाडी समेत क्लबमा भित्राएको छ ।
सेथुले स्ट्राइकर रतन बला देबी सहित सन्ध्या, डाग्मी गार्सी र डिफेन्डरमा स्विटी देबीलाई समेत क्लबमा अनुबन्धन गरेको छ ।