एजेन्सी । युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगको खेलमा लण्डन क्लब चेल्सीले १–१ गोलको बराबरी खेलेको छ ।
बिहिबार राति भएको खेलमा चेल्सीले जर्मन क्लब आइनट्रायच फ्रान्कफर्टसंग १–१ गोलको बराबरी खेलेको हो ।
२३ औ मिनेटमा लुका जोभिचको गोलबाट जर्मन क्लबले अग्रता लिएको थियो ।
४५ औ मिनेटमा पेड्रोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । अवे खेलमा गाेल गर्दै चेल्सीले दाेस्राे लेगकाे खेललाइ सहज बनाएकाे छ ।
स्टार इडेन हजार्डलाई बेन्चमा राखेर चेल्सीले खेलको सुरुवात गरेको थियो । पछिल्लो समय उनी स्पेनिस महारथी क्लब रियल मड्रिडसंग जोडिएका छन् ।
पछिल्लो नतिजाले चेल्सी युरोपा लिगका १६ खेल अपराजित हुने पहिलो टिम बनेको छ ।
उसले सन् २०११ र २०१२ मा एट्लेटिको मड्रिडले बनाएको कीर्तिमान तोडेको छ ।
उसले अर्को हप्ता हुने दोस्रो लेगको खेलमा जित हासिल गरेमा अपराजित यात्रा १७ खेलसम्म पुग्नेछ ।