एजेन्सी । बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेजले २१ बर्षे खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् ।
स्पेनका पुर्व मिडफिल्डर जाभीले बिहिबार यस सिजनको अन्त्यपछि सबैखाले फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।
हाल कतारी क्लब अल सादमा रहेका मिडफिल्डर जाभीले फुटबलबाट सन्यासको घोषणा गर्दै अब प्रशिक्षक बन्ने बताएका छन् ।
'खेलाडीको रुपमा यस सिजन मेरो अन्तिम सिजन हुनेछ,' जाभीले भने, 'तर, म प्रशिक्षकको रुपमा भविष्य बनाउने सोचिरहेको छु।'
यस्तै जाभीले खेलाडी जीवनपछि फुटबल विकासमा लागि पर्ने बताए ।
जाभी सन् २०१५ मा कतारी क्लब गएका थिए । जाभीले यस सिजन अल सादबाट १६ खेल खेलिसकेका छन् ।
जाभी बार्सिलोनाका लागि सवार्धिक खेल खेल्ने खेलाडी हुन् । पुर्व कप्तान समेत रहेका उनले बार्सिलोनाबाट ७६९ खेल खेलेका थिए । जसमा उनले ५०५ ला लिगा खेल खेलेका थिए ।
विश्वकप विजेता ३९ बर्षीय जाभीले अन्तराष्ट्रिय फुटबलबाट भने सन् २०१४ को विश्वकपपछि सन्यास लिएका थिए ।