काठमाडौं । यु–१९ महिला टिमका मुख्य प्रशिक्षक हरीओम श्रेष्ठले म्यानमारमा भएको एएफसी छनोटमा मौसमका कारण खेलाडीले राम्रो प्रर्दशन दिन नसकेको बताएका छन् ।
छनोटमा असफल हुदै बुधबार नेपाल फर्किए लगत्तै सञ्चारकर्मीसंग उनले प्रतिद्वन्दी टिम नेपाल भन्दा बलियो रहेको र मौसमले समेत साथ नदिएको बताए ।
छनोटमा यु–१९ टिम समुह चरणको तीनै खेलमा पराजित हुदै घर फर्किएको हो ।
‘उज्वेकिस्तानविरुद्व पहिलो हाफमा दबाब दिएर खेलेका थियौ । म्यानमारविरुद्व समेत अग्रता कायम गरेको हो । तर दोस्रो हाफमा सकेनौ ।’ प्रशिक्षक श्रेष्ठले बताए ।
‘हामीले ४२ डिग्री सेल्सियसमा खेल्नुपरेको थियो । त्यो मौसममा खेलाडीले खेल्न सकेनन् ।’ उनले थपे, ‘अस्टे«लिया सोचेको भन्दा पनि बलियो टिम निस्कियो ।’
नेपाली टिमकी कप्तान सरु लिम्बुले मौसमले साथ नदिएर छनोट खेलमा पराजित हुन परेको प्रतिक्रिया दिईन् ।
‘नसोचेको कुरा भयो । आफु भन्दा माथिल्लो वरियतामा रहेको टिमसंग समेत खेल्न पर्यो । मौसमको साथ नभएर धेरै गोल खान पुग्यौ ।’ उनले भनिन् ।
‘हामी रक्षात्मक खेल्नुपर्नेमा आक्रमक खेल्ने गल्ती ग¥यौ ।’ उनले थपिन् ।
छनोट खेलमा तयारी र अभ्यासको अभाव प्रष्ट देखिएको उनले बताईन् । तर छनोट खेलबाट खेलाडीले धेरै सिक्न पाएको उनको दाबी थियो ।
‘अबका दिनमा बन्द प्रशिक्षणमा राखेर राम्रो तयारी गर्नुपर्ने देखिएको छ ।’ उनले थपिन् ।