काठमाडौं । महिलाको फ्रेन्चाईज क्रिकेट लिग 'वुमन्स च्याम्पियन्स लिग' चार महिना पछि सरेको छ ।
आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्टले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै वुमन्स च्याम्पियन्स लिगको मिति सारिएको जनाएको छ ।
जेठमा प्रतियोगिता आयोजना गर्ने बताएपनि आयोजकले प्रधानमत्री कप क्रिकेटको कारण मिति सारिएको जनाएको छ ।
अब प्रतियोगिता असोज ३ गतेबाट ११ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना हुनेछ । यसअघि प्रतियोगिता जेठ ३ देखि १२ सम्म हुने बताईएको थियो ।
प्रतियोगितामा ५ सहरका ५ टिम रहने छ । आयोजकले सहभागी ५ टोलीको नाम र मार्की खेलाडी सार्वजनिक गरिसकेको छ ।
पहिलो संकरणको लिगमा ललितपुर फाल्कोन्स,पोखरा पल्टन,क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गर्ने छन् । पाँचै टिमका मार्की खेलाडी राष्ट्रिय टोलीका सदस्यहरु रहेका छन् ।