काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी चौथो संस्करणको मेची नेत्रालय गोल्डकप फुटबलको उपाधिका लागि भिड्ने भएका छन् ।
बिहिबार झापा काँकडभित्तामा भएको दोस्रो सेमिफाइलनमा आर्मीले रुस्लान थ्रीस्टार क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।
आर्मीको जितमा स्ट्राइकर नवयुग श्रेष्ठले दुई गोल गरे । यस्तै दिप लामाको नाममा एक गोल रह्यो ।
पराजित थ्रीस्टारको लागि विदेशी खेलाडी एलोन म्याक्सवेलले दुई गोल गरे ।
खेलको म्यान अफ दि म्याच आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठ भए । उनले ११ हजार प्राप्त गरे ।
फाइनल खेल शनिबार हुनेछ ।
बुधबार भएको सेमिफाइलनमा संकटा क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पुलिस फाइलन प्रवेश गरिसकेको छ ।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।