काठमाडौं । एएफसी यु–१९ महिला च्याम्पियनसिप छनाेट अन्तर्गत दोस्रो चरणको छनोटमा सहभागिता जनाएको नेपाली यू-१९ महिला फुटबल टोली स्वदेश फर्किएका छन् ।
म्यानमारमा सम्पन्न छनोटमा प्रतिस्पर्धा गरेर नेपाली टोली बिहिबार स्वदेश फर्किएका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले स्वागत गरेका थिए ।
छनोटमा नेपालले तीन खेलमा तीनै खेल गुमाएको थियो । पहिलो खेलमा अष्ट्रेलियासंग ११–१ गोल अन्तरले हारेको नेपालले दोस्रो खेल उज्वेकिस्तानसंग ४–० ले गुमाएको थियो ।
यस्तै मंगलबार भएको अन्तिम खेलमा नेपाल १० खेलाडीमा सिमित घरेलु टोली म्यानमारसंग २–१ गोल अन्तरले पराजित भएको थियो ।
म्यानमारसंग पराजित भएसंगै नेपाल प्रतियोगितामा अंक विहिन हुँदै घर फर्किएको हो ।
छनोटबाट अष्ट्रेलियाले विजेता र म्यानमार उपविजेता बन्दै थाइल्याण्डमा आयोजना हुने एएफसी यु–१९ महिला च्याम्पियनसिपमा स्थान पक्का गरेका छ।
हेर्नुस् भिडियाे