एजेन्सी । युरोपा लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आज (बिहिबार) राति दुई खेल हुँदैछ । बिहिबार दुई इन्ग्लिश क्लब आर्सनल र चेल्सीले आ-आफ्नो प्रतिद्वन्दीविरुद्ध खेल्दैछ ।
आर्सनलले घरेलु मैदानमा स्पेनिस क्लब भ्यालेन्सियासंग प्रतिस्पर्धा गर्दैछ । राति १२:४५ मा सुरु हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल नजिक पुग्ने लक्ष्यमा हुनेछ ।
आर्सनल घरेलु मैदानमा भ्यालेन्सियालाई पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । आर्सनल घरेलु मैदानको फाइदा उठाउन चाहन्छ ।
तर, आर्सनललाई भ्यालेन्सियाविरुद्ध जित निकाल्न त्यति सहज भने छैन । किनकी भ्यालेन्सिया घरेलु टोलीलाई रोक्दै घरेलु मैदानमा हुने दोस्रो लेग सहज बनाउने लक्ष्यमा हुनेछ । भ्यालेन्सिया आर्सनललाई पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो समेत बनाउन चाहन्छ ।
यस्तै सेमिफाइनलको पहिलो लेग अन्तर्गत चेल्सीले जर्मन क्लब फ्रान्कफर्टसंग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ ।
घरेलु टोलीविरुद्ध मैदान उत्रदा चेल्सी जित निकाल्दै फाइनल नजिक पुग्न चाहन्छ । यस्तै घरेलु टोलीलाई रोक्दै चेल्सी घरेलु मैदानमा हुने दोस्रो लेग सहज बनाउन चाहन्छ ।
तर, जर्मन क्लबविरुद्ध चेल्सीलाई सहज भने हुनेछैन । घरेलु टोली फ्रान्कफर्ट चेल्सीलाई हराएर फाइनल नजिक पुग्न चाहन्छ ।