काठमाडौं । सरकारले दक्षिण एसियाली फुटबल प्रतियोगिता सागमा स्वर्ण जितेको पुरुष फुटबल टिमका सदस्यलाई बाँकी रहेको पुरस्कार रकम हस्तान्तरण गरेको छ ।
युवा तथा खेलुकद मन्त्रालयमा बिहिबार एक कार्यक्रमको आयोजना गरेर सरकारले २० सदस्सीय टोलीको बाँकी रहेको तीन लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
सन् २०१६ मा भारतको सिलोङ र गुवाहाटीमा भएको सागमा पुरुष फुटबललमा नेपालले स्वर्ण जितेको थियो ।
सरकारले स्वर्ण विजेता खेलाडीलाई जनही ५ लाख दिने निर्णय गरेको थियो । तर सरकारले खेलाडीलाई दुई लाख दिएर बाँकी तीन लाख रुपैयाँ उधारो राखेको थियो ।
प्रतियोगिता जितेको झण्डै तीन बर्षपछि सागका स्वर्णधारी फुटबलरले उधारो रहेको तीन लाख रुपैयाँ प्राप्त गरेका छन् ।
पुरस्कार लिदै फुटबलर बिकेश कुथुले खेल र खेलाडीका लागि सरकारले दिने सम्मानले हौसला प्रदान गर्ने बताए ।