काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित भएका छन् ।
ऐतिहासिक सिरिज विजेता १६ सदस्सीय नेपाली टोलीलाई बिहिबार सरकारले जनही ५/५ लाख नगदसहित सम्मानित गरेको हो । युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव केशव कुमार बिष्टले खेलाडीलाई नगदसहित सम्मानित गरे ।
सरकारले प्रशिक्षकलाई ३ लाख, ब्याटिङ प्रशिक्षक, फिजियो, ट्रेनर र टिम म्यानेजरलाई भने जनही २/२ लाखले सम्मानित गरेको छ ।
नेपालले गत माघमा युएईविरुद्धको तीन एकदिवसीय र टी-ट्वान्टी सिरिज जितेको थियो । जुन अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालको पहिलो एकदिवसीय र टी-ट्वान्टी सिरिजको उपाधि रहेको थियो ।
सिरिज जितेपछि सरकारले गत फागुनमा क्रिकेटरलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो । जसअनुसार मन्त्रालयले बिहिबार नगद प्रदान गरेको हो ।
सरकारबाट पुरस्कृत भएपछि बोल्दै नेपाली टोलीका कप्तान पारस खड्काले सरकारले क्रिकेट विवाद समाधान गर्नु पर्ने बताए ।
नेपाली टोली :
पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
अविनाश बोहरा
बसन्त रेग्मी
भिम सार्की
बिनोद भण्डारी
दिपेन्द्र सिंह ऐरी
करण केसी
ललित नारायण राजवंशी
आरिफ शेख
पवन सर्राफ
प्रदीप ऐरी
रोहित कुमार पौडेल
सन्दीप लामिछाने
सोमपाल कामी
सन्दीप जोरा
प्रशिक्षक - जगत टमटा
ब्याटिङ प्रशिक्षक -उमेश पटवाल
फिजियो - दिनेश भट्ट
ट्रेनर - नान्दियाना सुवास चन्द्र
म्यानेजर -रमण शिवकोटी