इलाम । मोरङ फुट्बल एकेडेमी इलामको चुलाचुलीमा जारी प्रथम चुलाचुली गोल्ड कप फुट्बलको सेमिफाइनमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा मोरङले सैनिक युथ क्लब झापालाई ३-१ गोल अन्तरले पराजित गर्यो ।
मोरङको जितमा सुरेश राईले दुई गोल गरे । यस्तै निशान लिम्बुले एक गोल गरे । झापाका कप्तान दिलेन लोक्तामले एक गोल फर्काए ।
प्रतियोगिता अन्तर्गत बिहिबार झापाको धुलाबारी फुट्बल 'ए' क्लब र फुलबारी क्बल धरमपुर आमने सामने हुने छन् ।
चुलाचुली खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको विजेताले १ लाख एक हजारसँगै ट्रफी हात पार्नेछ ।