नुवाकोट । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले मेयर कप आमन्त्रण फुटबलमा विजयी सुरुवात गरेको छ ।
नुवाकोटको बट्टारमा बुधबार भएको उद्घाटन खेलमा मेलम्ची नगरपालिकाले नुवाकोटको वेलकोटगढी नगरपालिकालाई ६—० गोल अन्तरले पराजित गर्यो ।
मेलम्चीको जितमा कृष्ण सापकोटाले ह्याट्रिक गरे । यस्तै युवराज ढकालले २ र साजन माझीले एक गरे ।
खेलमा म्यान अफ दि म्याद मेलम्चीका युवराज ढकाल घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ हात पारे ।
प्रतियोगिता अन्तर्गत बिहिबार नुवाकोटको विदुर नगरपालिका र धादिङको धुनीवेशी नगरपालिकाबीच खेल हुनेछ ।
प्रतियोगितामा विभिन्न ८ नगरपालिकाले भाग लिएका छन । प्रतियोगिताको उपाधि विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ हात पार्ने नुवाकोट फुटबल संघले जनाएको छ ।