एजेन्सी । पोर्चुगिज क्लब पोर्टोका गोलकिपर इकर कासिलास हृदयघातका कारण अस्पताल भर्ना भएका छन् ।
हृदयघात भएपछि उनलाई पोर्टोको एक अस्पताल भर्ना गरिएको छ । उनको अवस्था स्थिर रहेको मिरर अनलाइनले समाचार लेखेको हो ।
रियल मड्रिडका पुर्व लिजेण्ड कासिलासलाई अभ्यासको समय हृदयघातले समातेको बताईएको छ ।