काठमाडौं । नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपको तेस्रो खेलमा अहिले भारतीय क्लब मिनेर्भा पन्जाबसंग प्रतिस्पर्धा गरिरहेको छ ।
भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा मिनेर्भाविरुद्ध मनाङले १० मिनेट भित्रै गोल खाएको छ । मनाङले खेलको ८ औं मिनेटमा गोल खाएको हो । मिनेर्भाका लागि श्रेयस गोपालनले गोल गरे ।
समूह चरणको अघिल्ला दुई खेल गुमाएको मनाङले तेस्रो खेलमा भारतीय आई लिग च्याम्पियन पन्जाबसंग खेल्न लागेको हो ।
घरेलु टोली पन्जाबविरुद्ध मैदान उत्रदा मनाङ पहिलो जितको खोजीमा हुनेछन् । दुई खेल सकिदाँ मनाङले अंक जोड्न सकेको छैन । तर, भुवनेश्वरमा मनाङले अंक जोड्ने लक्ष्य लिएको छ ।
समूह 'ई' मा रहेको मनाङ समूहको पुछारमा रहेको छ । पन्जाब २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।