काठमाडौं । नेपालको लिग च्याम्पियन सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले एएफसी कपको तेस्रो खेलमा अहिले भारतीय क्लब मिनेर्भा पन्जाबसंग प्रतिस्पर्धा गर्दैछ ।
भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने खेलका लागि मनाङले सुरुवाती ११ सार्वजनिक गरेको छ । मनाङको टिममा अघिल्ला खेलमा रहेका मोहमद आसिफलाई बेञ्चमा राखिएको छ । विंगर अभिषेकलाई प्रशिक्षक छिरिङ लोप्साङले पहिलो रोजाईमा मैदान उतारेको छ ।
समूह चरणको अघिल्ला दुई खेल गुमाएको मनाङले तेस्रो खेलमा भारतीय आई लिग च्याम्पियन पन्जाबसंग खेल्न लागेको हो । घरेलु टोली पन्जाबविरुद्ध मैदान उत्रदा मनाङ पहिलो जितको खोजीमा हुनेछन् । दुई खेल सकिदाँ मनाङले अंक जोड्न सकेको छैन । तर, भुवनेश्वरमा मनाङले अंक जोड्ने लक्ष्य लिएको छ ।
समूह 'ई' मा रहेको मनाङ समूहको पुछारमा रहेको छ । पन्जाब २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
मनाङको टिम :
गोलरक्षक : बिशाल श्रेष्ठ
डिफेन्डर : कमल श्रेष्ठ, आफिज, विराज महर्जन कप्तान, देवेन्द्र तामाङ
मिडफिल्डर : अन्जन विष्ट, विशाल राई, अभिषेक रिजाल, सुजल श्रेष्ठ,
स्ट्राइकर : ओलाबाले आफिज, एडेलाजा सोमिडे