काठमाडौं । भ्याली च्यासल युथ क्लब दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा बुधबार भएको क्वाटरफाइनलमा वीरगन्ज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै च्यासल अन्तिम चारमा पुगेको हो ।
च्यासलको जितमा मिलन राईले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४५ औं मिनेटमा मिलनले गोल गर्दै च्यासललाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ७४ औं मिनेटमा मिलनले व्यक्तिगत दोस्रो गोल गर्दै च्यासललाई २–० को जित दिलाए ।
यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । अब सेमिफाइनलमा जावलाखेल र सरस्वती युवा क्लब तथा नेपाल एपीएफ क्लब र भ्याली च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पहिलो सेमिफाइनल बिहीबार जावलाखेल युथ क्लब र सरस्वती युवा क्लबबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वा्धिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।