एजेन्सी । युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले विश्वकै महँगो कार किनेका छन् ।
रोनाल्डोले बुगाटी कम्पनिको 'ला भोइटुर नोइर' नामक सुपर कार किनेको मिररले जनाएको छ । जसको मूल्य १० मिलियन पाउण्ड रहेको छ ।
रोनाल्डोले दुई महिनाअघि मात्र सार्वजनिक गरिएको बुगाटीको महँगो खरिद गरेका हुन् । बुगाटीले आफ्नो कम्पनी स्थापनाको ११० औं वर्षगांठको अवसरमा उक्त सुविधा सम्पन्न कार निर्माण गरेको थियो । जेनेभा मोटर शोको क्रममा यो कार सार्वजनिक गरिएको थियो ।
यो कारमा १ हजार ५ सय हर्सपावरको १६–सिलिन्डर इन्जिनको प्रयोग गरिएको छ । यो कारको गतिको विषयमा आधिकारिक जानकारी नदिए पनि २ दशमलव ४ सेकेन्डमा कार प्रतिघण्टा ६२ माइलको गतिमा कुद्न सक्ने बताईएको छ ।
रोनाल्डोले यसअघि पनि विश्वकै नाम चलेका कम्पनिका महँगा कार चढ्दै आएका थिए ।