काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा एकेडमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न छनोटबाट एन्फाले मेडिकल परिक्षणका लागि ८१ जना यू-१३ उमेर समूहका खेलाडी छनोट गरेको हो ।
देश भरबाट छानिएर आएका खेलाडीबीच बैशाख १२ देखि १६ सम्म अन्तिम चरणको छनोट गर्दै एन्फाले ८१ खेलाडी छानेको हो ।
एन्फाले छनोट भएका ८१ खेलाडीको मेडिकल परिक्षण गर्नेछ । मेडिकलपछि एन्फाले एकेडमीका लागि ५० जना खेलाडी छनोट गर्नेछ ।
छनोट भएका खेलाडीलाई एन्फाले बुटवल र धरानको एकेडमीमा राखिनेछ । उनीहरुलाई एन्फाले फुटबलसंगै पढाई र अन्य सुविधा उपलब्ध गराउने छ ।
यस्तै यसै छनोटबाट आएका यू-१६ खेलाडीले एएफसी यू-१६ छनोटमा नेपालको प्रतिनिधित्व गर्ने एन्फाले जनाएको छ ।
छनोटमा को को परे ?
नामावली हेर्नुहोस् :